×

वीरगञ्ज २३ श्रवन । भदै १ गतेदेखि सुरू हुन लागेकाे उडानका लागि बुद्ध एयरले तयारी थालेकाे छ ।

बुद्ध एयरले सिमरामा काठमाडौंबाट ठूलो जहाजमार्फत उडान हुने याेजना बनाएकाे छ । बद्ध एयरले सिमरा विमानस्थलमा एटीआर-७२-५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरामा परीक्षण गरेको हो । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार जहाज सिमरा गरेको हो । बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको हो ।

जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको कम्पनीले जनाएको छ । यसअघि बद्धका एटीआर ४२-३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान गरेका थिए ।

नेपालको सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ ।

औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल व्यस्त गन्तब्य हो । बुद्ध एयरसँग ८ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा बीच १९०० ‘डी’ जहाज छन् ।

भदौ १ बाट हुने उडानका लागि बद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरेको समेत जानकारी दिएको छ । यात्रुको दोहोरो तापक्रम चेकजाँच, हृयाण्ड सेनिटाइज, फेसमास्क र फेससिल्डको अनिवार्य प्रयोग लागू गरेको छ ।

Back to top