वीरगञ्ज १८ श्रावन । वीरगञ्जमा कोरोना संक्रमित मिर्गौला बिरामीहरुको डायलासिस सुरु गरिएको छ।
प्रदेश २ मै पहिलोपटक र नेपालमै दोस्रो पटक सुरु गरिएको डायलासिस सेवाले चिकित्सकसमेत जोखिममा रहन्छन् भने समयमा डायलासिस नभए बिरामीको ज्यानसमेत जान सक्छ। त्यसैले आफू पनि सुरक्षित रहदैँ डायलासिस सुरु गरिएको डा. निरज सिंहले जानकारी दिए।
विगत केही दिनदेखि नारायणी आस्पतालमा डायलासिस गराइरहेका ३ जना बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्तव्यस्त बनेको डायलासिस सेवा आजदेखि अस्थाई कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा सुरु गरिएको उनले बताए।
हाल ५८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित हुँदा हेमो डायलासिस युनिट चिकित्सक अभावले अस्तव्यस्त बनेको थियो।
एक ३० वर्षीया बिरामीलाई डा. निरज सिंहकै नेतृत्वमा स्वास्थ्यकर्मीहरू अनिल कुमार झा, नरेन्द्र कुशवाहा र अनिल बरईको टोलीले आज सफल डायलासिस गरेका छन्।