वीरगञ्ज १९ श्रावन । स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा. दिप्ती यादव र डा.प्रिति यादवले फोन मार्फत नि:शुल्क परामर्श एवं सेवा दिने भएका छन् ।
पर्सा जिल्लामा पछिल्लो समय कोभिड संक्रमितहरुको संख्या बढेसँगै कोभिड रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साले श्रावण १० गते देखि वीरगञ्ज क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो भने पुन: अर्को निर्णय अनुसार श्रावण १९ गतेबाट पुरै पर्सा जिल्लाभरि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ।
अतिआवश्यक बाहेका अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालसम्मका लागि बन्द गरिएका छन् भने पछिल्लो समय चिकित्सकहरुमै संक्रमण देखिएसँगै इमर्जेन्सी सेवा बाहेक निजि क्लिनिक तथा जेनरल ओपीडी सेवाहरु ठप्प भएका छन्।जसले गर्दा अन्य रोगका विरामीहरुले सास्ती खेपिरहेका छन्।
यस विषम परिस्थितिलाई मध्यनजर गर्दै विशेषगरि महिला सम्बन्धि रोगका लागि फोन मार्फत सेवा दिन डाक्टरद्वोय यादवहरुले सुरु गर्न लागेका हुन् ।
चिकित्सकको काम कर्तव्यबाट जस्तोसुकै परिस्थितिमा अाफु पछि नहट्ने बताउँदै महिला तथा प्रसुती रोगका कुनै पनि समस्या भएमा फोन मार्फत नै समाधानको प्रयास गर्ने डा.दिप्ती यादवले बताईन ।
यता उपचारका लागि यदि विरामीलाई नै बोलाउनुपर्ने खण्डमा समेत आफुहरुले सहज तथा सहकार्य गर्ने डा. प्रिति यादवले समेत प्रतिबद्धता व्यक्त गरेकी छन् । दुबै डाक्टरहरुले आ-आफ्नो व्यक्तिगत मोबाइल नम्बर समेत सार्वजनिक गरेका छन्।
उता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, मारवाडी समाज पर्सा र यात्रा डेलीको सहकार्यमा नि:शुल्क स्वास्थ्य सम्बन्धि टेलिफोन परामर्श सेवा आइतबार देखि सञ्चालनमा ल्याइएको छ ।
चिकित्सकहरुको नाम र सम्पर्क नं;
डा.दिप्ती यादव -९८४३०५९८२२
डा.प्रिती यादव- ९८६६८९४६६८