वीरगञ्ज १७ श्रावन । शनिबार निधन भएका नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाका संयोजक तथा पुर्व गाउँ विकास समिति अध्यक्ष चन्द्रकिशोर चौरसियालाई नेपाली कांग्रेस पर्साका नेताले श्रद्धाञ्जली दिएका छन् ।
नेपाली कांग्रेस पर्साका नेताहरुले चौरसियाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीका क्रममा उपस्थित अधिकांश व्यक्तिले उनले पर्सा जिल्लाको राजनीतिमा पुर्याएको योगदान र विभिन्न समयमा जनताका लागी गरिएको संघर्षमा उनको भूमिकाका बारे चर्चा गरेका थिए ।
चौरसियालाई अन्तिम बिदाई दिन नेपाली कांग्रेस पर्सा सभापति अजयकुमार द्विबेदी, पुर्बमन्त्री सुरेन्द्र चाैधरी, जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य राजेश्वर साह, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, पर्सागढी नगरपालिकाका नगरप्रमुख लाेकनरायण यादव, बहुदरामाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साह, तरुण दल पर्साका सचिव बिवेक चाैरसियालगायतका नेता कार्यकर्ता पुगेका थिए ।