वीरगञ्ज १७ श्रावन । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ३३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २२५, प्रदेश २ मा दुई हजार ६६, बागमतीमा ५७५ जना सक्रिय संक्रमित छन् ।
यस्तै गण्डकीमा ३१३, प्रदेश ५ मा ३८७, कर्णालीमा २९७ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६७५ रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ भने १४ हजार ४९२ जना काेराेनामुक्त भएका छन् ।