वीरगञ्ज १६ श्रावन । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले आफनो स्वास्थ्य अवस्थामा राम्रो सुधार भएको जनाकारी गराएका छन् । उनले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत आफनो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका हुन् ।
नगरप्रमुख सरावगीले वीरगञ्जमा देखिएका कोभिड सम्बन्धी पछिल्ला घटनाक्रमहरुले आफूलाई मर्माहत बनाएको बताएका छन् । उनले आफनो व्यक्तिगत स्वास्थ्य भन्दापनि वीरगञ्ज महानगरका नागरिकको स्वास्थ्यबारे बढी चिन्ता लागेको बताएका छन् ।
उनले कोभिडबाट सङ्क्रमित भई नारायणी मातहातमा रहेको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसन र होम आईसोलेसनमा उपचाररत सङ्क्रमितहरुको स्वास्थ्यलाभको कामान समेत गरेका छन् ।
https://www.facebook.com/vijaykumar.sarawagi/posts/3334605706558474
उनले वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका सङ्क्रमितहरुको खाबरले आफुलाई मर्हामित बनाएको बताउँदै मृतकका परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरेका छन् ।
सरावगीले आफ्नो स्वास्थ्य लाभको कामना गरी विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्ण प्रति अभार व्यक्त गर्दै आफु छिट्टै स्वास्थ्य भएर फर्किने दृढता व्गयक्र्दत गरेका छन् ।
उनले वीरगञ्जवासीलाई स्थानीय प्रशासनले कोभिड नियन्त्रणका लागि लगाएको निषेधाज्ञालाई पूर्ण रुपले पालन गर्न आग्रह समेत गरेका छन् ।