×

वीरगञ्ज १६ श्रावन । पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

बिहीबार विभिन्‍न अस्पतालमा र आइसोलेनमा पाँच हजार ३१६ कोरोनाका सक्रिय संक्रमित उपचाररत रहेका उनले जानकारी दिए ।

उनले पछिल्लो २४ घण्टामा जनामा पीसीआर १० हजार ७६८ परीक्षण गरिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५१ जना निको भएर घर फर्किएका छन् ।

कुल कोरोना निको हुनेको संख्या १४ हजार ३९९ जना पुगेका छन् । जुन ७२ दशमलब ८ प्रतिशत रहेको उनले जानकारी दिए ।

कुल कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको मन्त्रालयले जनाएको छ ।

Back to top