×

वीरगञ्ज १६ श्रावन । स्थानीय तहमा जनप्रतिनिधिले कोरोना महामारी न नियन्त्रणमा उदासिनता देखापछी स्थानीय युवाले मोर्चा सम्भालेका छन् ।

पर्साको बिन्दबासिनी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले कोरोना महामारीलाई नियन्त्र गर्न सचेतनामुलक कुनै कार्यक्रम नगरेको भन्दै स्थानीय युवाले स्वयम् जन चेतना अभियान सुरु गरेका छन् ।

राष्ट्रिय विद्यार्थी संघ पर्साका अध्यक्ष मधुसुदन चौरसियाले शुक्रबारदेखि गाउँपालिकाका विभिन्न वडामा कोरोनाभाइरस सङ्क्रमणसँग जोगिन अपनाउँनु पर्ने उपाय र सतर्कता बारे सचेतना फैलाउँने काम गरेका हुन् । उनले गाउँपालिकामा आफ्नो व्यक्तिगत खर्चममा विभिन्न स्थानमा महामारीसँग जोगिने पोस्टर झुण्डयाउनका साथ् स्थानीय भोजपुरी भाषामा सचेतना मुलक संदेश माकिङ्ग गर्न लागेका छन् ।

जनप्रतिनिधिले स्थानीयवासको स्वास्थ्यबारे कुनै चाँसो नदेखाएपछि आफुले जनचेतना फैलाउँने काम सुरु गरेको नेता चौरसियाले बताए । उनले गाउँपालिकाका विभिन्न वडाहरुमा आफ्नो सङ्गठनका युवाहरु पुगेर जनचेतना फैलाउँने काम गरेको बताए ।

चौरसियाले जनप्रतिनिधिसँग कुनै सकरात्मक कामको अपेक्षा गर्ने नहुने बताए । 'जनप्रतिनिधिहरुलाई जनतासँग मतलब नै छैन, हाम्रै मतबाट निर्वाचित भएर गएका उनीहरुले हामीलाई नै बिर्सेका छन्,' नेता चौरसियाले भने, 'अब उहाँहरुलाई कुरेर हुँदैन आफै केहि गर्नुपर्छ भन्ने ध्यायले आजबाट मैले जनचेतनाको कार्यक्रमहरु सुरु गरेको हुँ ।'

चौरसियाले यसअघि आफ्नो व्यक्तिगत खर्चबाट पूरा गाउँपालिकालाई सेनीटाइज गराएका थिए । एक हफ्ता भन्दापनि बढी समय लगाएर उनले आफ्नो उपस्थितिमा गाउँपालिकाको घर-घरमा पुगेर सेनीटाइजेसनको काम गरेका थिए ।

Back to top