×

वीरगञ्ज १६ श्रावन । पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले पर्साका बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

पर्साको पकाहामैनपुर गाउँपालिकाकाे धोबिया टोला, भेडाहा टोला र धोरेका प्रभावित करीब ५०० घरपरिवारलाई सरकारले अहिलेसम्म राहत पुर्‍याउन नसकेको नेता रौनियारले बताउनुभयो ।

हालै सिकटा खोलामा आएको बाढीबाट विस्थापित र क्षति व्यहोरेका स्थानीय बासिन्दालाई राहत प्रदान गर्न तीनै तहका सरकारसित उहाँले माग गर्नुभयो ।

कोरोनाको कहरबाट गुज्रिरहेका स्थानीयलाई बाढीले झन् जोखिम थपेको भन्दै नेता रौनियारले तत्काल प्रभावकारी राहतको व्यवस्था गर्नुपर्नेमा जाेड दिनुभयाे ।

संघ सरकार मातहतको जिल्ला दैवी प्रकोप उद्धार समितिमा करोडौं रुपैयाँ बजेट भए पनि बाढी प्रभावितलाई राहतमा उदासीन बनेको अरोपसमेत उहाँले लगाउनुभयो ।

Back to top