×

वीरगञ्ज १६ श्रावन । पर्सा जिल्लामा समुदायस्तरमा संक्रमण फैलिनुको मुख्य जिम्मेवार प्रदेश सरकार र स्थानीय प्रशासन रहेको राष्ट्रिय युवा संघ नेपाल पर्साका संयोजक मोहमद निजामुद्धिनले बताएका छन् ।

कोभिड संक्रमितहरुलाई व्यवस्थापन गर्न र पिसिआर परिक्षण गर्न नसक्दा प्रदेश न. २ मा कोरोना भाइरस समुदायस्तरमा फैलिएको उनले बताएका हुन् ।

यसमा पुर्ण रुपमा प्रदेश सरकार असफल भएको र स्थानीय प्रशासनले पनि उचित कदम चाल्न नसक्नुले कोरोनाले भयावह अवस्थाको सृजना भएको निजामुद्धिनको आरोप छ ।

उनले स्थानीय प्रशासनले सिमा नाकामा कडाई नगर्दा उद्योगमा कार्यरत श्रमिकहरु आवतजावत गर्दा त्यसको परिणामस्वरुप कोरोना भाइरसको संक्रमण व्यापक भएको बताए ।

नाकाहरुबाट लुकेर अहिलेपनि आवतजावत हुँदा स्थानीय प्रशासन मुकदर्शक बनेको उनले आरोप लगाएका छन् । दिनप्रतिदिन संक्रमित हुनेको र मृतकको संख्या बढीरहँदा पनि प्रदेश सरकार औपचारीक कार्यक्रम, अवलोकन तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेको बताउँदै उनले दु:ख व्यक्त गरे ।

Back to top