×

वीरगञ्ज १५ श्रावन । प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले वीरगञ्जमा विद्युतीय शवदाह यन्त्र स्थापना गर्ने घोषणा गरेका छन् ।

वीरगञ्जमा पछिल्लो समय कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा समस्या आएपछी प्रदेश सांसद् शर्माले आज सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप सार्वजनिक गर्दै वीरगञ्जमा विद्युतीय शवदाह यन्त्र स्थापना र त्यसको सोजन्य गर्ने आफु तयार रहेको घोषणा गरेका हुन् ।

सांसद् शर्माले विद्युतीय शवदाह यन्त्र स्थापना गर्न जग्गा उपलब्ध गराईदिन स्थानीय प्रशासन र सरकारसँग माग गरेका छन् ।

'पछिल्लो केहि वर्षदेखिनै वीरगञ्जमा दाह संस्कारका लागी एउटा विद्युतीय शवदाह गृहको आवश्यकता महसुस गर्दै आएको छु,' सांसद् शर्माले भिडियो क्लिपमा भनेका छन्, 'गृह स्थापना गर्न मलाई जग्गा उपलध गराउनुस म त्यस विद्युतीय शवदाह गृह स्थापना गर्न तयार छु ।'

पछिल्लो समयमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा देखिएको समस्या दु:खद भएको बताउँदै सांसद् शर्माले अभिलम्ब स्थानीय निकायहरुलाई यसको लागी अगाडी आउँन आग्रह गरेका छन् ।

उनले विद्युतीय शवदाह गृह वातावरण मैत्री समेत भएको भने, 'विद्युतीय शवदाह गृह वातावरण मैत्री पनि हुन्छ, अहिले एउटा शव जलाउँन हामी एउटा रुख काट्नु पर्छ तर विद्युतीय शवदाह भए त्यो रुख काट्ने आवश्यकता पर्दैन, वातावरणलाई समेत कम क्षति हुन्छ ।'

Back to top