×

वीरगञ्ज १५ श्रावन । प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागी आज विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेकी छन् ।

प्रदेश सांसद् डा. यादवले बुधबार वीरगञ्जस्थित गण्डक अस्थ्याई कोभिड अस्पताल, नेसनल मेडिकल कलेज, ड्राइपोर्ट प्रहरी चौकीमा स्वयम् पुगेर पीपीइ सेट, मास्क, सेनीटाइजर, पञ्जा, फेस शिल्ड, चस्मा लगायत स्वास्थ्य सामग्री वितरण गरेकी हुन् ।

डा. यादवले कोरोनाभाइरस महामारी बेला आम जनता आफ्नो घरमा सुरक्षित बसेको बेला फ्रन्टलाईनमा खटेर हामीलाई स्वास्थ्य सेवा र सुरक्षा दिरहनुभएको चिकित्सक, सुरक्षाकर्मी, सरसफाई कर्मी र अन्यलाई हौसला बढाउँन आफुले स्वास्थ्य सामग्री वितरण गरेको बताईन ।

उनले आगामी दिनहरुमा पनि आवश्यकता परे थप स्वास्थ्य र सुरक्षा सामग्रीहरु आफुले उपलब्ध गराउँने प्रतिबद्धता समेत व्यक्ति गरिन ।

स्वास्थ्य सामग्री बुझ्दै गण्डक अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले प्रदेश सांसद् डा. अञ्जू कुमारी यादवले गरेको सहयोग महत्वपूर्ण र समय समयको माग अनुसार भएको बताए । उनले वीरगञ्जको अवस्था बिग्रिरहेको बेला स्वास्थ्य सामग्री उपलब्ध गराएर डा. यादवले ठुलो सहयोग गरेको भने ।

स्वास्थ्य सामग्री वितरणमा नेसनल मेडिकल कलेजका प्रतिनिधि डा. असरफ हुसेन, ड्राइपोर्ट प्रहरी चौकीका गाजानन्द साहलगायतको उपस्थिति रहेको थियो ।

Back to top