वीरगञ्ज १४ श्रावन । अवैध लागूऔषधसहित वीरगञ्जबाट एकजन पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको बिश्रामपुर ५ इटियाहीका १९ वर्षीय शेख अजाद रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले उनलाई मङ्गलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ गण्डक चोकबाट आजादलाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट २/२ सय थान नुर्फिन, फेनारगन र डाइजेपाम बरामद भएको र उनीमाथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।