वीरगञ्ज १४ श्रावन । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा मन्त्रालयका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले जानकारी दिए। उनका अनुसार संक्रमितहरु मन्त्रालयमा कार्यरत सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुष रहेका छन्।
संक्रमण पुष्टि भएपछि संक्रमितहरुलाई आइसोलेसनमा पठाइएको छ।