×

वीरगञ्ज १२ श्रावन । नारायणी अस्पतालमा उपचार गराइरहेका २ जनालाई नेपाल शाकाहारी पार्टीले सोमवार फलफुल बितरण गरेको छ ।

विगत २ हप्तादेखी अस्पताल नजिकै अलपत्र परेका ३ जनामध्ये १ जनाको यसअघि नै मृत्यु भइसकेको छ । उनिहरु अलपत्र अवस्थामा देखेपछि वीरगञ्जका विभिन्न सामाजिक संघ संस्था तथा समाजसेवीहरुको दवावपछि उनिहरुको उपचार थालिएको थियो ।

खाना समेत नपाएका परिचय नखुलेका उनिहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचाररत रहेका २ जनालाई नेपाल शाकाहारी पार्टीले सोमवार अनार, स्याउ, हर्लिक्स, ग्लुकोज, भुजा, बिस्कुट लगायतका सामाग्री वितरण गरेको छ ।

लगभग २ हप्ता पुग्ने गरी पार्टीका पदाधिकारीको सहयोगमा सामाग्री वितरण गरिएको पार्टीका पर्सा अध्यक्ष बिनय कुमार गिरीले जानकारी दिनुभयो ।

पार्टीका केन्द्रिय अध्यक्ष राधे खड्का, पर्सा जिल्ला अध्यक्ष बिनय कुमार गिरी, सचिब आशिष गुप्ता, सदस्यहरु सन्देश गुप्ता, विपि खड्की लगायतको सहयोगमा फलफुल वितरण गरिएको हो ।

Back to top