×

वीरगञ्ज ११ श्रावन । वीरगञ्ज महानगरपालिकाले घोषणा गरे अनुसार एक-घर एक व्यक्ति परीक्षण अभियान सुरु गरेको छ । पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि भएपछी महानगरपालिकाले स्थानीय प्रशासनको समन्वयमा एक घर एक पिसीआर परिक्षण आइतबारबाट सुरु भएको हो ।

अभियानको पहिलो दिन महानगरको वडा नं. ९ स्थित श्री रेलवे माध्यमिक विद्यालयमा वडावासीहरुको पिसिआर प्रविधि मार्फत कोरोना परिक्षण गरिएको छ । परिक्षण पुर्व विद्यालयलाई पूर्णले विसङ्क्रमित गरिएको थियो ।

अभियानको प्रथम दिन १ सय १३ व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । उनले एक-घर एक व्यक्ति परीक्षण अभियान अन्तर्गत भोलि सोमवारदेखि थप केही वडामा शुरू हुने जानकारी गराए ।

निषेधाज्ञा जारी रहुन्जेल यो अभियान पूरा गर्ने लक्ष्यका साथ अगाडि बढेको उनले दावी गरे ।

यसैबीच, कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले माईस्थानमा कन्ट्याक्ट टेसटिङमा परेकाहरूको स्वाब सङ्कलन गरेको छ। गहवामाई मन्दिरअगाडि २ सय १० जनाको स्वाब नमूना सङ्कलन गरिएको समितिका सदस्य सचिव जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

Back to top