×

वीरगञ्ज ८ श्रावन । पर्सामा थप १७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न स्थानका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारि ललित कुमार बस्नेतले जानकारी दिए ।

२ चिकितिसक र २ उपचाररत विरामीसहित जिल्लामा बुधबार राती थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बस्नेतले बताए । सङ्क्रमितहरु १५ वर्षदेखि ७५ वर्षसम्मका १३ पुरुष र ४ महिला रहेको उनले जानकारी दिए । श्रावन ७ गते सङ्कलन गरिएको स्वाबलाई परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।

बस्नेतले थपिएका केहि सङ्क्रमितहरुको ट्राभल हिस्ट्री समेत नभएको बताउँदै दु:ख व्यक्त गरे । 'अधिकांसको ट्राभल हिस्ट्री छैन,' बस्नेतले भने, 'कतिपय लक्षणसहितका सङ्क्रमित देखिएकोले निकै गम्भित बन्नुपर्ने अवस्था सृजना भएको छ ।'

उनले देशभरी कोरोना सङ्क्रमितको सङ्ख्या नघटेको दावी समेत गरेका छन् । 'वास्तवमा देशभरी काेराेना संक्रमण घटेकाे हाेइन, परीक्षणकाे दायरा घटेकाेले संक्रमितकाे संख्या घटेकाे जस्ताे देखिएकाे मात्र हाे,' बस्नेतले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, 'पेड टेस्ट शुरू नगरूञ्जेल पर्सामापनि संक्रमित सबै निकाे हुँदै २ जना मात्र बाँकी रहेकाे अवस्था थियाे तर पर्सामा पेड टेस्टसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि र्‍यान्डम टेस्ट जस्तै हुन थालेकाेले काेराेना संक्रमित ठूलाे संख्यामा देखापर्दै जानुले यसकाे पुष्टि गरीरहेकाे छ ।'

बस्नेतले यस्तो अवस्थामा लकडाउन अन्त्य हुँदा सबैतिर बढेको भिडभाडले ठुलो खतरा निम्त्याइरहेकाे भन्दै चाँसो व्यक्त गरेका छन् । 'हामीहरू अहिले पनि काेराेना संक्रमणकाे उच्च जाेखिममै छाैं, बस्नेतले लेखेका छन्, 'तसर्थ भिडभाडमा नजाऔं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूकाे अनिवार्य रूपमा पालना गराैं, काेराेनाबाट आफू बचाैं र अरूलाइ बचाऔं ।'

Back to top