×

वीरगञ्ज १९ असार । वीरगञ्जमा अब बहिराहरुका लागि विशेष विद्यालय सञ्चालनमा आउँने भएको छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको विशेष पहलमा वीरगञ्ज महानगरपालिका वडा न. १३ राधेमाईमा पहिलो पटक बहिरा विद्यालय सञ्चालनमा आउँन लागेको हो ।

विद्यालय सञ्चालनको लागि वीरगञ्ज महानगरपालिकामा आज एउटा बैठक मार्फत विद्यालय व्यवस्थापन समिति समेत गठन गरिएको छ । शुक्रबार महानगरपालिका कार्यालयमा बसेको बैठकले स्थानीय बुद्धिजीवि मिना श्रेष्ठको अध्यक्षतामा ८ सदसिय व्यवस्थापन समिति समेत गठन गरेको छ ।

विद्यालयमा अब पर्सा जिल्ला र आसपासका क्षेत्रमा रहेका बहिराहरुले नियमित शिक्षा प्राप्त गर्न सक्ने छन् । बैठकमा बोल्दै मेयर सरावगीले भने शारीरिक रुपमा अपाङ्गता भएको व्यक्तिका लागि आफुले धेरै दिन देखि काम गर्न खोजेपनि विभिन्न कारणले गर्न सकिएको थिएन तर अब आएर बहिरा विद्यालय सञ्चालन गर्न पाउँडा खुसि लागेको छ ।

उनले आगामी दिनहरुमा विद्यालयमा पूर्वाधार बढाउँन देखि लिएर त्यसको विकासका लागि महानगरपालिकाबाट विशेष प्याकेजहरु ल्याइने प्रतिबद्धता समेत व्यक्त गरे ।

वडा नं. १२ का वडा अध्यक्ष तुफान अन्सारीको सभापतित्वमा भएको समिति गठन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, शैक्षिक प्रशासन महाशाखाका हरि राउत कुर्मी, वडा अध्यक्ष तुफान अन्सारी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, लगायतको उपस्थिती रहेको थियो ।

साथै यस सामाजिक कार्यमा अरुलाई पनि सहयोग गर्न अनुरोध गर्नुभयो । स्थानीय बुद्धिजिवि मिना श्रेष्ठको अध्यक्षतामा गठित ८ सदस्यीय समितिमा तुफान अन्सारी, कमल चौगाई, अजय कुमार साह, सगुन श्रेष्ठ, नितु गुप्ता, हरिदेश्वर प्रसाद कुर्मी, रिता क्षेत्री, रहेका छन् ।

Back to top