×

वीरगञ्ज १९ असार । पर्साको बिन्दवासनी गाँउपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले आज १ सय १० जना पत्रकारहरुलाई आवश्यक सामग्री वितरण गरेकी छन् ।

शुक्रबार एक कार्यक्रम विच उपाध्यक्ष गुप्ताले पर्साका क्रियाशील पत्रकारहरुलाई सेनिटाईजर, आयुर्वेदिक औषधी, च्यवनप्राश, मास्क र केही औषधीहरु वितरण गरेकी हुन् ।

कोरोनाभाईरसको माहामारीको वेलामा पनी जोखिमको फ्रन्ट लाईनमा बसेर काम गर्ने पर्साका क्रियाशिल पत्रकारलाई सहयोग गर्न आफूले आवश्यक सहयोग उपलब्ध गराएको उनले बताइन् ।

गुप्ताले कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै न्युनतम ईम्युनिटि पावर बढाउने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलव्ध गराउने पालिकालाइ धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस युनियनका पर्सा अध्यक्ष रामनारायन कुर्मी, आरसी यादव लगायत पर्सेली संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Back to top