वीरगञ्ज १९ असार । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा आज वृक्षारोपन गरेको छ ।
फाउण्डेशन पर्साले आप, लिचि, कटहर, निम लगायत विभिन्न प्रजातिका २४३ थान वोट बिरुवाहरु रोपेको हो । कोईरालाको जन्मोत्सवको अवसरमा आज दाश्रो दिन वीरगञ्जको पानीटंकी तथा ठाकुरराम बहुमुखि क्याम्पसमा वृक्षारोपन गरेको हो ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्धिनको सभापतित्वमा भएको बृक्षरोपण कार्यक्रममा प्राध्यापक डाक्टर हरेराम ठाकुर, नेपाली काग्रेस महासमिति सदस्य प्रकास उपाध्याय, नेपाल अपाङ्ग संघका जिल्ला अध्यक्ष शम्भु पासवान, रेयाज अंसारी, फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह, मिन्टु देवि सिहं लगायत फाउण्डेशनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
भोली तेश्रो दिन नेपाली पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका दुई युवा पत्रकारहरुलाई जनही नगद रु २१ हजार राशिको पुरस्कारद्वारा सम्मान गरिने फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिले बताउनुभयो । कार्यक्रमको सहजिकरण फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गर्नुभएको थियो ।