×

वीरगञ्ज १८ असार । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साले प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की मार्फत प्रधानमन्त्रीलाई १७ बुन्दे ज्ञापनपत्र बुझाएको छ ।

निजामती कर्मचारी युनियन पर्साका अध्यक्ष सुबेदार प्रसाद यादवको नेतुत्वमा गएको टोलीले आजै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापनपत्र बुझाएको हो।

निजामती सेवा ऐन २०४९ को दफा ५३ मा भएको सामाजिक सम्वाद र सामाजिक सौदावाजी गर्न पाउने गरि राष्ट्रियस्तरको ट्रेड युनियन सहितको आधिकारिक ट्रेड युनियनको व्यवस्था गरि ट्रेड युनियनहरुको संघ, प्रदेश र स्थानीय तह बीच अन्तर सम्बन्ध कायम हुने व्यवस्था गर्नु पर्ने, संविधानको धारा २३२ अनुसार सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा राज्यका तिनै तह बीच सहकार्य हुने गरि प्रदेश र स्थानीय तहमा खटाईने प्रमुख, सचिव, प्रदेश सचिव, प्रमुख प्रशासकिय अधिकृत र लेखा प्रमुख सघिय निजामती सेवाबाट खटाउनु पर्ने, आन्तरिक र खुल्ला प्रतियोगितात्मक लिखित परिक्षाको सम्बन्धमा निजामती सेवा ऐन, २०४९ को दफा ६ (क) बमोजिमको पदपुर्ती हुने व्यवस्था प्रस्ताबित बिधेयकमा देहाय बमोजिम सुनिस्चित गर्ने, कर्मचारीको सरुवा प्रणालीलाई स्वचालित चक्रिय, पुर्वानुमानयोग्य र बैज्ञानिक बनाउनु पर्ने, संघ, प्रदेश र स्थानीय तहमा हाल कायम रहेको श्रेणिगत र तहगत प्रणालीमा एकरुपता ल्याउन कुनै एक प्रणाली लागु गर्नु पर्ने जस्ता माग रहेका छन ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अमित गिरी शत्रुघन यादव, प्रदिप मेहता, नथुनी मन्डल, सुनिल कुमार रौनियार, दिलिप खङ्ग, सोमलाल श्रेष्ठलगायतका विभिन्न ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Back to top