×

वीरगञ्ज १८ असार । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि, जगदम्बा काँनक्रिटो प्रालि, जगदम्बा एस्एस् पाईप्स प्रालि, सर्वोत्तम स्टील्स प्रालि र स्काईलाइन मलले कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकालाई २ सय २५ पिस पीपीई किट हस्तान्तरण गरेका छन् ।

बिहिबार एक कार्यक्रम बिच वीरगञ्जको नरायणी अस्पताल र गण्डक अस्पताललाई कोरोनाभाइरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई २ सय २५ पिस पीपीई किट हस्तान्तरण गरको शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिका कार्यकारी निर्देशक राजेश अग्रवालले बताए ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले पर्सालाई नै कोरोना मुक्त बनाई ‘ग्रिनजोन’ मा ल्याएर आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेकाले नगर प्रमुख विजयकुमार सरनवगीलाई पाँच कम्पनिहरुल कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकालाई २ सय २५ पिस पीपीई किट हस्तान्तरण गरेका हुन् ।

उक्त कर्यक्रममा शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि, जगदम्बा काँनक्रिटो प्रालि, जगदम्बा एस्एस् पाईप्स प्रालि, सर्वोत्तम स्टील्स प्रालि र स्काईलाइन मलका संतोष सिंह (वीपी ऑपरेशन), अमित अग्रवाल (वीपी वित्त), सुनील खेतान (सीएफपीओ), अभिषेक अग्रवाल र विवेक सिंह लगायतका सहभागिता रहेको थियो ।

Back to top