वीरगञ्ज १८ असार । बाराको फेटा गाउँपालिकामा आज बिहान चट्याङ्ग लागेर दुई महिलाको ज्यान गएको छ ।
अर्का दुई महिलाको अवस्था गम्भीर रहेको र अन्य ६ जना पनि घाइते भएको सो गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिए ।
आज बिहान पानीसँगै परेको चट्याङ्ग लागेर सो गाउँपालिकाको वडा नं. ३ त्रिवेणी गाउँका जादोलाल कुशवाहा र भरत कुशवाहाकी श्रीमतीको घटनास्थलमै ज्यान गएको उनले बताए ।
यस्तै, चट्याङ्ग लागेर घाइते गम्भीर भएका दुई महिलासहित ८ जनालाई थप उपचारका लागि बीरगन्ज पठाउन लागिएको अध्यक्ष अमिरीलाल प्रसादले बताए तीनै जना महिलाहरु आज बिहान रोपाई गर्न घरबाट निस्केका थिए ।