वीरगञ्ज १७ असार । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ अन्तर्गत रहेको लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पस, वीरगञ्ज सेन्ट्रल सिटी र लियो क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा संयुक्त रुपमा वीरगञ्जको त्रिजुद्ध माविमा रहेको क्वारेन्टिनमा बसेका व्यक्तिहरुका लागि आज एक समारोहकाबीच विभिन्न खाद्यान्न एवं स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
लायन वर्ष २०२० २१ कालागि निर्वाचित क्लबका पदाधिकारीहरुले कार्यकालको आज पहिलो दिन वीरगञ्जको त्रिजुद्ध माविमा रहेको क्वारेन्टिनमा बसेका व्यक्तिहरुका लागि विभिन्न खाद्यान्न एवं स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरि कार्यकालको शुभारम्भ गरेका हुन् ।
त्यसैगरि आजैको दिनमा लायन्स क्लबका पुर्व अन्तर्राष्ट्रिय डाईरेक्टर लायन संजय खेतान, पुर्व डिष्ट्रीक्ट गभर्नरद्वय लायन अरुण प्रताप राणा, लायन राजकुमार श्रेष्ठ र लायन्स वीरगञ्ज क्याम्पसका वर्ष २०२० २१ का निर्वाचित अध्यक्ष लायन प्रजय अग्रवालको जन्मदिन परेकोले सो अवसरलाई पनि समावेश गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
हामी सेवा गर्छौं भन्ने भावनालाई आत्मसात गर्दै लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पस, वीरगञ्ज सेन्ट्रल सिटी र लियो क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीले क्वारेन्टिनमा बसेका व्यक्तिहरुका लागि विभिन्न खाद्यान्न एवं स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लायन्स क्लबका स्ट्रयाटेजिक चिफ लायन रामबिहारी पाण्डेले ३ वटै क्लबहरुले संयुक्त रुपमा कार्यक्रम गरि कार्यकालको शुभारम्भ गरेकोमा प्रशंसा गर्दै आगामी कार्यक्रमहरुको सफलताको लागि शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रीक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, एरिया को–चिफ लायन बिनय बंसल, रिजन चेयरपर्सन लायन उमेश शर्मा, जोन चेयर पर्सन लायन गुड्डी जोशी लगायतले आ–आफ्नो शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्ण अतिथिहरुले संयुक्त रुपमा त्रिजुद्ध माविमा रहेको क्वारेन्टिनका ईन्चार्ज रामबाबु प्रसाद यादवलाई खाद्यान्न एवं स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएको खाद्यान्न एवं स्वास्थ्य सामग्रीहरुमा रियल जुस, बिस्कुट, चाउचाउ, चकलेट, फलफुल, मिनरल वाटर, सर्जिकल मास्क, साधारण मास्क, सर्जिकल पन्जा, स्यानेटरी प्याड लगायत रहेका छन् ।
लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसका अध्यक्ष लायन प्रजय अग्रवाल, वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादव र लियो क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीका अध्यक्ष लियो राहुल राज सोनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लबकी डिष्ट्रीक्ट डिपार्टमेन्ट चिफ लायन विजया ओझैया, डिष्ट्रीक्ट डिपार्टमेन्ट मेम्बर लायन सपना मित्तल अग्रवाल, लायन विजय कुशवाहा, लायन्स क्लब ग्रीन क्याम्पसका प्रथम उपाध्यक्ष लायन किरण अग्रवाल, सदस्य लायन पुरुषोत्तम गुप्ता, लियो क्लबका एरिया चिफ लियो प्रकाश गुप्ता, सचिव लियो साजिद आलम, सहसचिव लियो विवेक वर्णवाल, सदस्यहरु लियो आशु सर्राफ, प्रभात वर्णवाल, शिव यादव लगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसका सचिव लायन धिरज गुप्ताले गर्नु भएको थियो ।