×

वीरगञ्ज १३ असार । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको उपलक्ष्यमा राष्ट्रिय युवा संघ पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघका पर्सा संयोजक महमद निजामुद्धिनको अध्यक्षतामा भएको कार्यक्रममा ३ जना महिला सहित १ सय १३ जनाले रक्तदान गरेको रक्तसञ्चारकेन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अहिले रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चारकेन्द्रमा भएको रगतको अभावलाई मध्यनजर गर्दै संघले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष निजामुद्धिनले बताउनुभयो ।

सो अवसरमा बृजलाल पासवान, हेमन्त तामाङ्, तिवारी यादब, अरुण यादब, अकलेश साह, दुर्गा पौडेल, निर्जला पौडेल, पुजा बस्नेत लगायतले रक्तदान गरेको प्रमुख पाण्डेले बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पर्साका अध्यक्ष प्रभु हजारा, पार्टीका वीरगञ्ज महानगरपालिकाका ईन्चार्ज दिनेश राई, बाबुराम कौशिक, युवा संघका केन्द्रीय सदस्य अरुण यादव, प्रदेश सदस्य बालगोपाल थापा, छोटेलाल यादव, किशोरी कुशवाह, रामबाबु बैठा, बाबुराम कौशिक, संविधान सभा सदस्य राजकुमार गुप्ता, पत्रकार महासंघ प्रदेश न. २ का उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको उपस्थिती रहेको थियो ।

Back to top