×

वीरगञ्ज १३ असार । ठाकुराम बहुमुखि क्याम्पसमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थि संघको गतिविधिको बिरोधमा राष्ट्रिय विद्यार्थि संघ र समाजवादी विद्यार्थि युनियनले आपत्ति जनाएको छ ।

दुवै विद्यार्थि संगठनले शनिवार सँयुक्त विज्ञप्ती जारी गर्दै क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुखको कार्यशैलिप्रति बिनाकारण पश्न गरेर बदनाम गर्न खोजिएको जनाइएको छ । क्याम्पस प्रमुख जस्तो गरीमामय पदलाई बदनाम गर्नका लागि नेविसंघले क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेको विज्ञप्तीमा आरोप लगाइएको छ ।

नेविसंघका यस्ता किसिमका उच्छृंखल क्रियाकलाप प्रति ध्यानाकर्षण गराउँदै क्याम्पसपरिसरमा गैरजिम्मेवार गतिविधि नगर्न अनुरोध गरेको छ । नेविसंघमा आवद्ध विद्यार्थिको व्यावहारका कारण सम्पुर्ण विद्यार्थि लज्जित भएको विज्ञप्तीमा जनाइएको छ ।

राष्ट्रिय विद्यार्थि संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसियाले नवनियुक्त क्याम्पस प्रमुखले पदभार ग्रहण गरेसँगै क्याम्पसमा क्वारेन्टाइन हटाउने देखि विभिन्न प्रशासनिक कार्यमा गरेका सकरात्मक पहलले क्याम्पसमा परिवर्तन आउने आशा पलाएको बताउनुभयो । क्याम्पसमा सुधार आउने आश पलाएपनि नेविसंघको अब्यावहारीक गतिविधिले निरुत्साहित बनाएको चौरसियाको भनाई छ ।

लकडाउनका कारण सब्ै प्रशासनियक कार्य ठप्प भएको अवस्थामा अहिले खुकुलो हुँदा क्याम्पसमा अध्ययनरत विद्यार्थिको भविष्यसँग जोडिएका कार्यमा समेत नेविसंघले अवरोध गरीरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विरोधस्वरुप क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गर्ने संगठनलाई वार्तामार्फत समस्याको समाधान खोजी प्रशासनिक कार्यलाई पुनः सुचारु गर्न पनि माग गरिएको छ । मागको सम्बोधन नभए थप कडा कदम चाल्ने पनि चेतावनि दिइएको छ ।

Back to top