वीरगञ्ज - जनता समाजबादी पार्टी केन्द्रिय कार्यकारिणि समितिको परिपत्र अनुसार जनता समाजवादी पार्टी पर्साको बैठक सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति पर्साको सभाहलमा सम्पन्न बैठकले विभिन्न प्रस्तावहरु माथी छ्लफल गरि नागरिकता बिद्येयकको विरुद्धमा विशाल ¥याली र सभा गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णयले दुबै पार्टीले आ आफ्नो जिल्ला देखि वडा सम्मको समितिहरु, भातृसंगठन सुभेच्छुक संस्था तथा आम समुदाय लाई यही असार १६ गते बिहान साढे ११ बजे वीरगञ्जको घन्टाघरमा हुने बिशाल ¥यालिमा सहभागि हुन पनि अपिल गरेको छ ।
तत्कालीन समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा पार्टीको केन्द्रिय सदस्यहरु प्रह्लाद गिरि, करिमा बेगम, पुरुसोतम झा, शशी कपुर मिया, केन्द्रिय परिषद सदस्य शिवजी सोनि, नेता रामचन्द्र पन्डित, सुन्दर कुर्मी, उपाध्यक्षहरु बासुदेव यादव, मुस्त्किम अन्सारी, देवान्द कलवार, राजेश साह लगायतको सहभागिता रहेको तत्कालिन समाजवादी पार्टी पर्साका सचीव तबरेज अहमदले जानकारी दिनुभयो ।