वीरगञ्ज १ असार — पर्साको ठोरी गाउँपालिका ४ मा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
ठोरी गाउँपालिकाकाे विजयवस्ती प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुरज आचार्यका अनुसार ११ बर्षीय छोरीको बलात्कार गरेको आरोपमा ३५ बर्षे पिता पक्राउ परेका छन् ।
गएराती एघारबजे उनलाई पक्रउ गरिएकाे र हाल उन्लाइ जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पठाइएकाे प्रहरीले बताएकाे छ ।
पीडित छोरीको उजुरीको आधारमा पितालाई पक्राउ गरिएको हो । बालिकाले घटनाबारे आफन्त र छरछिमेकमा जानकारी गराएपछि स्थानीयले पितालार्ई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
बालिकाले घटनाबारे प्रारम्भिक बयानमा आरोप सहि भएको पुष्टि गरेकी र घटना बारेमा स्वास्थ्य परिक्षण अभियुक्तको बयान आदिबाट थप पुष्टि हुने प्रहरीले जनाएको छ ।