×

गौर ३२ जेठ । सङ्घीय, प्रदेश र स्थानीय सरकारको विरोध गर्दै राैतहटको गाैरमा स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् । कोरोनाभाइरस महामारीको समयमा सरकारले चितबुझ्दो काम नगरको आरोप लगाउँदै स्थानीय युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा युवाहरुले सरकारले कोरोनाभाइरस महामारीको समयमा समेत भ्रष्टाचार गरेको भन्दै विभिन्न नारन लगाउँदै प्रदर्शन गर्न सडकमा हुन् । भौतिक दुरी कायम राख्दैं मास्क र पञ्जा लागएर प्रदर्शनमा उत्रेका युवाहरुले सरकारको आलोचना गर्दै पारदर्शिता देखाउन माग गरेका थिए ।

उनीहरुले सरकार विरोधी नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । गाैरका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

Back to top