वीरगञ्ज ३२ जेठ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा राहत वितरणको क्रममा बिवाद हुदा वितरण कार्य स्थगित भएको छ । निलम्बनमा परेको वडा नं. १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाले आफ्ना कार्यकर्तालाई मात्र राहत वितरण गर्न थाले पछि स्थानियहरुले बिरोध गरेका थिए ।
स्थानियहरुले बिरोध गर्न थाले वडा कार्यालय परिसरमा केहि बेर तनाव सृजना भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले बल समेत प्रयोग गरेको थियो । राहत वितरणको क्रममा जनप्रतिनिधिहरुले आफ्ना कार्यकर्तालाई मात्र छानिछानी राहत वाडन थाले पछि स्थानियहरु आक्रोशित हुदै हो हल्ला गरेका थिए ।
स्थानिहरुले राहत बितरण कार्यमा बिवाद सृजना गरे पछि वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरिक्षक निर्मल पनेरुको नेतृत्वमा पुगेको प्रहरी टोली राहत वितरण कार्य स्थगित गराएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक पनेरुले राहत वितरण कार्य स्थगित गरिएको र दुवै पक्षलाई छलफलको लागि वडा प्रहरी कार्यालयमा वोलाइएको बताउनुभयो । अब छलफल पछि मात्र राहत वितरण कार्य हुने वहाँले जानकारी दिनुभएको छ ।
जग्गा बिवादमा निलम्बनमा परेका वडा अध्यक्ष चौरसियाले नै सबै बिवाद खडा गरेको तथा राहत वितरण कार्यमा वडा नं. १६ मा निकै भेदभाव भएको नगवा विकास समितिले आरोप लगाएको छ ।
समितिले घटनाको निष्पक्ष छानविन हुने जनाएको छ । तर निलम्बित वडा अध्यक्ष चौरसियाका अनुसार हाम्रो वडा ठूलो भएको कारण प्रत्येक वडामा प्रदेश सरकारको तर्फबाट दिन भनिएको ९० वोरा चामल बिवादकै कारण लिन नचाहेको वताउँदै निमित्त वडा अध्यक्ष विनिता साहको नेतृत्वमा अरु वडाबाट कडा करी महानगरपालिकाले २ सय वोरा चामल पठाएकोमा कुपन वितरण सो अनुरुप गरिएको वताउनु भयो ।
तर राहत लिन हजार भन्दा बढी स्थानियहरु जम्मा भए पछि समान्य होहल्ला भएको चौरसियाले वताउनु भयो । आफुले कसैलाई कुटपिट गर्न प्रहरीलाई निर्देशन नदिएको चौरसियाले वताए ।
निल्मबित वडाध्यक्षकाे निर्देशनमा स्थानिय उपर कुटपिट
सो क्रममा घटना स्थलमा पुगेका नगवा विकास समितिका उपाध्यक्ष अमित पटेलले भिडियो बनाउँन थाले पछि निलम्बित वडा अध्यक्षको निर्देशनमा प्रहरीले पटेल माथी हातपात गरेको स्थानियहरुको भनाई छ । भिडियो खिचेको निहुँमा वडा अध्यक्षले गालीगलाैज गर्दै प्रहरीलाई लगाई आफुलाई कुटपिट गरेको नगवा विकास समितका उपाध्यक्ष पटेलले वताए ।
जग्गा खरिद बिक्रीमा अनियमितता गरेकाे भन्दै श्यामबाबु चाैरसिया वडाध्यक्ष पदबाट निलम्बित भइसकेका छन् ।
जग्गा खरीद विक्री प्रकरणमा मुछिएका उनी लगायत ३ जना विरूद्ध काठमाण्डाै विशेष अदालतमा मुद्दा दायर भएकाे छ ।