×

वीरगंज ३१ जेठ । कोरोना माहामारीको भयावह अवस्थालाई बेवस्थागर्दै बहुदरमाई नगरपालिकाका जनताले मेयर नितेन्द्र साह तेलीलाई खोज्दा उनी खरिद गरेको जगामा बाटो मिची पार्टी प्यालेस निर्माण व्यापारमा रमाएको जनताको गुनासो छ ।

मेयर नितेन्द्रले विरगंजमहानगर पालिका वार्ड नं. ११ मा रहेको पुरानो छाला फैक्ट्रीको जग्गाआफु खरिद गरी उक्त ठाउँमा बाटो मिची पार्टी प्यालेस निर्माण गरिरहेका छन ।

करिव करिव ७० प्रतिशतकाम सम्पन्न भइसकेको पार्टी प्यालेस, पहिले उनले पलटिङ्गको लागि लिएका थिए तर राज्यको निति परिर्वतन र लाभकर चोर्न नपाउने भए पछि उनले आफ्ना केही नेता तथा विरगंजको व्यापारीहरुलाई समेटेर उक्त जग्गालाई पार्टी पैलेसको रुपमा परिणत गर्दैछन् ।

पहिले उक्तजग्गा पलटिङ्ग गर्दा पशचिम पटटी ३० देखि ४० फिटको बाटो हुने गरी केही जग्गा पनि विक्रि गरेका छन । त्यसमा जग्गा लिने एक ग्राहकले जानकारी गराए तर हालआएर उनले आफ्नो मनपरी गरेर साबिककै बाटो १५ फिटछोडी आफ्नो निर्माण कार्य गर्न थालेका छन् ।

समाजका व्यक्तिहरु आग्रहगर्दा समेत अटेरी गरी उनले निर्माण कार्यलाई निरन्तरता दिएका छन । अहिले आएर टोलकाजनताले वार्डमा निर्माण प्रक्रिया सुधारका लागि निबेदन दिएका छन ।

वाड नं १३ का वडा अध्यक्ष तुफान हवारीले निर्माण कार्य रोक्न पत्र समेत काटिसकेका छन र मेयर नितेन्द्र साह तेलीलाई बुझन बोलाउदा नआउने अटेरी गरेपछि वडा अध्यक्षले उक्त सुचना टाँस गरेका छन, तर वडा कार्यालय र नगरपालिकाको पत्रलाई अटेरी गदै आफ्नो निमार्ण कार्यलाई अगाडी बढाएको देखेर कानुनको पालक नै कानुन धज्जिया उडाएको देख्दा उनको दादागिरी उजागर भएको छ ।

वडा नं १३ का वडा अध्यक्ष तुफान अंसारीसंग बुझदा सडक ४० फिटको भएको तर उनले साबिककै बाटो १५ फिटछोडी जदरजस्ती आफनो निर्माण कार्य गरिरहेकोले वडा बाट हामीले निर्माण कार्य रोका गर्न पत्र काटिसकेका छौ वडा अध्यक्ष तुफान अंसारीले बताए ।

ज्ञातहोस केही दिन पहिला मेयरले आफनै बहुदरमाइ नरपालिकाको जेसीवी र ट्रयाक्ट्रर यसै निर्माण कार्यमा प्रयोग गरेको समाचार बाहिर आएको थियो पैसा र पदले भरिपूर्ण मेयर नितेन्द्रले कानुनधज्जिया उडाएको देख्ता सारा पर्साबासी चकित भएका छन ।

तत्कालीन गा.वि.स नगरदाहाँ र हाल बहुदरमाई नगरपालिका वार्ड न. ५ बस्ने एक समान्य परिवारमा जन्मेका र बुवा सडक बिभागमा समान्य सब ओभरसियर रहेकामदन साहका छोरा हुन अहिलेको बहुदरमाईको मेयर नितेन्द्र साह बिगतमा विरगंजमा पलटिङ्ग कार्यबाट सरकारलाई तिर्ने कर छली गरी मगन्य पैसा कमाउन सफल भएका हुन ।

विगतमा पलटिङ्ग कार्य रोकेको हुनाले अहिले यो कार्यबाट उनी किनारा लगाएका छन् । व्यापारी, राजनितिकर्मीहरुको सजिलै सयोजन मिलाउन सक्ने नितेन्द्र साह तेलीले पर्सा जिल्ला नेपाली कांग्रेसका केहि नेताका विश्वास पात्र बने नेतालाई सजिलै फन्डीङ्ग गर्ने भएकाले पनि उनी पर्सा जिल्ला नेपाली कांग्रेसका केहि नेताको रोजाईमा पर्नु कुनै नौलो कुरा भएन ।

व्याजमा पैसा कमाउने देखि लिएर, डाबर नेपालभन्दा २०० मिटर अगाडी साह पेट्रोल पम्पको नामले टंकी, विरगंज मेनरोड माइ स्थान भन्दा वरै र घन्टाघर भन्दा तल सगुन होटेल मेयर नितेन्द्र साहकै हो, त्यो होटेल प्राप्त कसरी गरे बुझदा उनले त्यस घरको मालिकलाई सैकडा ४ को व्याजमा कर्जा दिएका थिए र पछि व्याजमै त्यो सम्पती हतियाए ।

विरगंज पानी टंकीमा फुलबारी टोलमा बस्दै आएका नितेन्द्रको राजनितीक पहिचान केही पनि थिएन बर्तमान चुनावी प्रतिस्पर्धा पैसा मुखी भएकाले नितेन्द्रलाई कांग्रेस नेताले अगाडी सारे र उनी करोडौ खर्च गरेर चुनवी नतिजा आफनो हातपारे ।

Back to top