वीरगञ्ज ३० जेठ । सिद्धार्थ बैंक लिमिटेडल आज वीरगञ्ंज महानगरपालिकालाई १ लाख आर्थिक सहयोग गरेको छ । बैंकले महानगर प्रमुख बिजय कुमार सरावगीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
त्यसैगरी अनलाइन खबरको साम्बाददाता सुरेश बिडारीले पनि बिरगंज माहानगरपालिकालाई नगद रु.५००० सहयोग गर्नु भएको छ । उहाँले नगरप्रमुख बिजय कु.सारावगीलाई नगद हस्तान्तरण गर्नु भएको छ ।
त्यसैगरी नेपाल एसविआई बैम लिमिटेडले बैंकले पनि बिरगञ्ज महानगरपालिकालाई कोभिड नियन्त्रणको लागि आज रु ५१ हजार को चेक नगरप्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गरेको छ ।
आजै प्राईम बैंक लिमिटेडले पनि कोभीड नियन्त्रण को लागि रु एक लाख को चेक नगर प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गरेको छ। सामाजिक सस्था जिल्ला समन्वय समिति पर्साले आजै रु २१ हजार आर्थिक सहयोग गरेको छ।