×

वीरगन्ज ३० जेठ । पर्साको धोबनी गाउँपालिकाको क्वारेन्टिनबाट ४६ जना एकै पटक भागेका छन् । २८ दिनदेखि क्वारेन्टिनमा बसिरहेकाहरु स्वाब परीक्षण रिपोर्ट नआएको र व्यवस्थापन राम्रो संग नगरिएको भन्दै उनिहरू गएराति भागेका हुन् ।

पीसीआरका लागि एक साताअघि स्वाब संकलन गरिएपनि उनीहरुको रिपोर्ट आएको छैन । रिपोर्ट पनि नआएको र क्वारेन्टिनको व्यवस्थापन राम्रो नभएको भन्दै उनीहरु क्वारेन्टिन छाडेर फरार भएको बताइएको छ ।

तिमध्ये ४३ जनालाई नियन्त्रणमा लिएको र क्वारेन्टिनमा राखिको इलका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । अन्यको खोजी भइरहेको छ । भारतबाट फर्केर क्वारेन्टिनमा बस्नेहरु भागेपछि स्थानीयमा भने त्रासको अवस्था छ ।

Back to top