वीरगञ्ज ३० जेठ । पुर्व सांसद एवं नेपाली कांग्रेसका नेता अनिल रुङटाको पहलमा सुरक्षित मातृत्व स्वास्थ्य महासंघ नेपाल नामक संस्थाबाट पर्साका ५ बर्थिङ सेन्टर वीरगञ्ज महानगरका नारायणी होस्पिटल, बगही प्राथमिक उपचार केन्द्र, पर्सा गढी नगरपालिकाको बगेस्वरी, बगवाना बिर्थिङ सेन्टर, बहुदरमाइ नगरपालिकाको बिश्रामपुर प्राथमिक उपचार केन्द्र गरि ५ बर्थिङ सेन्टरमा करिब प्रति दश हजार गरि करिब ५० हजारको पि.पि.ई. किट पुर्व सांसद बाट उक्त बर्थिङ सेन्टरका स्वस्थ्य प्रतिनिधीलाइ बितरण गरियो छ ।
उक्त हस्तान्तरण कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, वरिष्ठ पत्रकार शंकर खटिवडा, नेपाली कांग्रेसका युवा नेता हुकुम सिंह, दिलिप राज कार्की, सर्जुक मह्तो, डाक्टर उदय नारायण सिंह लगायत विभिन्न पत्रकारहरुको उपस्थितीमा सप्पन्न गरेका हुन ।
हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै नेता रुङ्ग्टाले सबै मिलि यस कोभिड महामारीसँग जुध्ने र आवश्यक सक्दो सहयोगमा सबैको सहभागिताको लागी अपिल गर्नुभयाे ।