वीरगन्ज ३० जेठ । वीरगन्ज पब्लिक कलेजमा ४५ दिन देखि संचालित गरिब र असाहयहरुलाई नि:शुल्क भोजन सेवा संचालनका लागि राउण्ड टेबल नेपालले ७३ हजार रुपैया र दई बोरा चामल सहयोग गरेको छ ।
राउण्ड टेबल नेपालका अध्यक्ष सौरभ केडीयाले वीरगन्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यलाई शुक्रबार उहाकै कलेजमा पुगि चेक हस्तान्तरण गर्नु भएको थियो ।
गरिब र असाहयहरुलाई नि:शुल्क भोजन सेवा संचालनका लागि राउण्ड टेबल नेपालले ७३ हजार रुपैया र दई बोरा चामल सहयोग गरेकोमा डा. शाक्यले राउण्ड टेबल नेपाल परिवारलाई सहयोग गरेकोमा हार्दिक आभार व्यक्त समेत गर्नु भएको थियो ।