वीरगन्ज ३० जेठ । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारीसाधनलाई जोड विजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ । जसअनुसार शुक्रबार जोड नम्बरका गाडीलाई चलाउन दिइएको छ ।
तर, विजोर नम्बरका सवारी पनि सडकमा उत्तिकै देखिएका छन् । प्रहरीका अनुसार पहिलो दिन भएकाले कतिपय सर्वसाधारण थाहा नपाएर पनि विजोर नम्बरका गाडी लिएर निस्किएका छन् ।
बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो भने सरकारका प्रवक्ता डा. युवराज खतिवाडले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर जोड विजोडको नीति लागु गरिएको बताएका थिए ।
यसरी विजोर नम्बरका सवारीसाधन चलाउने काठमाण्ढौमा २६९ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले बताए ।