×

वीरगन्ज २९ जेठ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ । तर मोटरसाइकलमा एक जना भन्दा चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।

Back to top