वीरगञ्ज २० जेठ । ग्लोबल आइएमइ बैंकले वीरगञ्ज महानगरपालिकाले कोरोनाभाइरस अर्थात कोभिड -१९ रोकथाम तथा नियन्त्रणको लागी स्थापन गरेको विपत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरको छ ।
वीरगञ्जको आदर्शनगर र घडिअर्वा पोखरीस्थित बैंकको शाखा कार्यालयले संयुक्त रुपमा मंगलबार महानगरपालिका कार्यालय पुगी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
बैंकले वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोनाभाइरस परिक्षण गर्ने पिसीआर मेसिन, भिटिएम किटलगयातका स्वास्थ्य सामग्री खरिद गर्न १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
चेक हस्तान्तरण गर्दै घडिआर्वा शाखाका शाखा प्रमुख सन्तोष साहले कोरोनाभाइरसको महामारी बेला बैंकले आफ्नो सामाजिक उत्तरदाइत्व वहन गर्दै सहयोग गरेको बताए । उनले आगामीदिनमा समेत बैंकले परेको खण्डमा सहयोग गर्नबाट पछि नहट्ने जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकको आदर्शनगर शाखाका शाखा प्रमुख राकेश ज्ञावाली, मेयर सरावगीका मिडिया संयोजक गोविन्द देवकोटालगयातको उपस्थिति रहेको थियो । मेयर सरावगीले महानगरपालिकाको तर्फबाट पिसीआर परिक्षण मेसिन, भिटिएम किटलगयातका बस्तु खरिद गर्न सहयोगका आह्वान गरेका छन् ।