×

काठमाडौं, जेठ ११ – सरकारले ईदको बिदा दिने सम्बन्धमा गरेको निर्णय सच्याएको छ।

९ जेठमा बसेको मन्त्रिपरिषद बैठकले आज, ११ जेठमा ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

तर, १० जेठ राति निर्णय सच्याउँदै भोलि १२ जेठमा मुस्लिम समुदायको पर्व ईदको बिदा दिने निर्णय गरेको हो।

नेपाललगायत दक्षिण एसियाबाट चन्द्रमा नदेखिएको कारण बिदाको निर्णय सच्याउनु परेको गृह मन्त्रालयले जनाएको छ।

Back to top