×

जिल्ला जनस्वास्थ्य कार्यलयले बुधबार ३२ वटा किट ७ जना पत्रकार, ५ जिल्ला प्रशासन कार्यलय १२ जना अदालतका कर्मचारी ८ जना प्रहरी कार्यलयको नाममा किटान गरि पत्र पठाएको थियो ।

जिल्ला जनजस्वास्थ्य कार्यलय बाराले पत्रकारहरुको कोरोना चेकजाँच गर्न भनि दिएको ७ वटा निवदेन सहितको किट प्रमुख वीरगञ्ज, जेठ ८ – जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले पत्रकारहरुलाई चेकजाँच गर्नु नपर्ने भनेर नाम काटन लगाएको जिल्ला जनस्वास्थ्य कार्यलयका ल्यैब असिसटेन्ट सेख फुलमहम्मदले बताएका छन । बकाईदा ७ जना पत्रकारको लागि आएको किट आफनो अनुमति बिना चेकजाँच नगर्न आदेश गरेको फुलमहम्दले जानकारी गराए ।

पत्रकार लक्ष्मी साह ल्यैब असिसटेन्ट फुलमहम्दसँग पत्रकारको लागि आएको चेकजाँच गर्ने फर्म माग्न जादा पत्रकारहरुलाई नपर्ने उनले बताए । प्रमुख जिल्ला अधिकारीको आदेश आएपछि मात्र आफुले चेकजाँच गर्ने उनले फुलमहम्मदले अडान लिए । आक्रोशित पत्रकारहरु प्रमुख जिल्ला अधिकारसँग बुझदा तपाईहरुको लागि चेकजाँच गर्न भनि पत्र आएको स्वीकारे तर तपाईहरु हामीसँग समन्वय नगरेकोले मैले पत्रकारको चेकजाँच गर्नु नपर्ने आदेश दिएको स्विकारेका छन ।

जिल्ला जनजस्वास्थ्य कार्यलयले गनुपर्ने कामको अनुमति प्रमुख जिल्ला अधिकारीसँग लिनुपर्ने काहाको कानुनमा उल्लेख भएको प्रश्न समेत पत्रकारले गरेका थिए । जवाफमा विना अनुमतिमा कुनै काम गर्न नसकिनेमा आफनो पदको दुरुपयोग गरेको छर्लङ्ग देखिएको पत्रकारहरुले बताएका छन । प्रमुख जिल्ला अधिकारी पण्डित बारा आए देखि स्थानिय, संसद नागरिक समाज उनको काम गर्ने शैलीबाट पिडित भएका छन ।

विवाद पछि जनस्वास्थ्य कार्यलयका प्रमुख रामपुकार साहसँग लामो छलफल पछि पत्रकारको लागि छुटै किटको व्यवस्था गरि चेकजाँच गर्न लगाईएको नेपाल पत्रकार महासँघका निर्वतमान उपाध्यक्ष राकेश पाण्डेले जानकारी गराएका छन ।

Back to top