वीरगञ्ज, जेठ ८ - पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा बिहिबार ४८ व्यक्तिको पिसीआर परिक्षण मार्फत कोरोना परिक्षणका लागी ४८ स्वाब सङ्कलन गरिएको छ ।
पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ५ निचुटास्थित रहेको क्वारेन्टाइनमा रहेका व्यक्ति र स्वास्थ्यकर्मीहरुको कोरोना परिक्षणको लागी स्वाब सङ्कलन गरिएको गाउँपालिका कार्यलयले जनाएको छ ।
भारतका विभिन्न स्थाबाट लकडाउन अवधिमा आएका ४० व्यक्तिहरुलाई निचुटास्थित क्वारेन्टाइनमा राखिएको थियो । उनिहरुसहित त्यहाँ खटेका ८ स्वास्थ्यकर्मी र कर्मचारी कोरोना परिक्षणको लागि स्वाब सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले बताए ।
उनले कोरोना परिक्षणको रिपोर्ट नआए सम्म सबै व्यक्तिलाई क्वारेन्टाइनमै राखिने जनाए ।
उनले क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुमा लागेको खर्च गाउँपालिकाले गर्दै आएको जानकारी दिए । चौधरीले अन्य गाउँपालिकाको तुलनामा पटेर्वा सुगौलीको क्वारेन्टाइन धेरै व्यवस्थित भएको दावी गरे ।