×

वीरगञ्ज, जेठ ८ – इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदको अवसरमा किनमेलका लागि बजारमा हुन सक्ने भिडलाई मध्यनजर गर्दै एक सामाजिक संस्थाले विपन्न वर्गको घर घरमै इदका लागि चाहिने आवश्यक सामाग्री पु¥याउने अभियान शुरु गरेको छ ।

भाइजान अफ वीरगञ्ज नामक संस्थाले कोरोनाका कारण अहिले बाहिर निस्किने अवस्था नभएकोले आवश्यक सामाग्रीहरु घरमै पुर्याउने व्यवस्था मिलाएको हो ।

विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमण वीरगञ्जमा पनि बढ्दो क्रममा रहेको अवस्थामा इदको समयमा बजारमा किनमेल गर्न जाँदा झनै जोखिम बढ्ने हुँदा संक्रमणबाट सुरक्षित रहनका लागि घरमै सामाग्रीहरु उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

वीरगञ्जको श्रीपुर, मुर्लि, रानिघाट, भिष्वा, परवानिपुर, छपकैया लगायतका क्षेत्रमा बसोबास गर्ने २ सय मुस्लिम समुदायका विपन्न परिवारलाई इदमा आवश्यक पर्ने सामाग्री वितरण गरिएको हो । सो अवसरमा सेवई, चिनि, दुध खरिद गर्नका लागि नगद २ सय वितरण गरिएको संस्थाका नौसाद अन्सारीले जानकारी दिनुभयो ।

Back to top