×

वीरगञ्ज, जेठ ८ – कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको ५९ दिन भएको छ । लकडाउन बढ्दै जादा हरेक क्षेत्र प्रभावित भएको छ भने आर्थिक संकटसमेत हुन थालेको छ ।

कोभिड १९ ले विश्व व्यापीरुपमा महामारीको रुप लिएसँगै मानव जाति त मारमा परेकाे छ नै यता होटल, पसल बन्द हुँदा वीरगञ्जका सडकमा हिँड्ने पशु चौपायासमेत भोक भाेकै मर्न थालेका छन् ।

खानाको खोजीमा चराचुरुङ्गी तथा पशु चौपाया वीरगञ्जको सडकमा यत्र तत्र डुलिरहेका देखिन्छन् । ‌ती बाटोमा छोडिएका छाडा चौपायाका साथै चराचुरुङ्गीको भोक मेट्न वीरगन्ज युवा समाज पुनः सडकमा उत्रिको छ ।

यसअघि पनि युवा समाजले छाडा चौपाया र पशुपंक्षीहरु लाई आहारा खुवाउँदै आएको थियो । तर वीरगञ्जमा एकैसाथ ३९ जनामा कोरोना संक्रमण देखिएपछि स्थानिय प्रशासनले वैशाख ३० गते बाट निशेधाज्ञ जारी गरेसँगै याे अभियान रोकिएको थियो ।

अहिले लकडाउन भएता पनि निशेधाज्ञ नरहेकोले पुनःयस अभियान सुरु गरेको युवा समाजका अध्यक्ष कमल चौगाईले जानकारी दिनुभयो ।

यता युवा सामाजिक अभियन्ता हेमन्त तामाङले केही दिन अगाडिको एउटा घटनाको स्मरण गर्दै भने ‘म र एक जना सहकर्मी वीरगन्जबाट कलैया रिपोर्टिङको सिलसिलामा जादै थियौं, जीवनमा पहिलो पटक एउटा दृश्य देखें, जहाँ हाम्रो आँखा अगाडि एउटा कुकुरको समूहले सडकमा उभिएको एउटा बाख्रालाई आक्रमण गरि ठाउँको ठाउँ नै मारि लडायो । हामी नजिक पुग्दासम्म बाख्रा मरि सक्या थियो ।’

त्यस घटनाले आफूलाई छोएको भन्दै तामाङ्ले हामी मानव जातिले अहिलेको परिवेशमा आफूमात्र नभई जनावरसमेतलाई ध्यान दिनु पर्ने बताए ।

हाेइन भने आउँदाे दिनमा यस्ता घटना हामीमाथि नै हुन सक्ने भएकाले अहिलै नै मानवता देखाई परिस्थितिलाई समान रुपमा मिलाउँदै जानु पर्ने भएकोले पनि यस अभियानमा जुटेको बताए ।

Back to top