वीरगञ्ज, जेठ ८ - नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा १ जना र झापामा ८ जना कोरोना भाइरस संक्रमिण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
'पछिल्लो अपडेटअनुसार ९ जना संक्रमित थपिएका छन्' स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकटाले भने 'रुपन्देहीमा १ जना २७ वर्षीय पुरुष जो श्रीलंकन गेस्टहाउस क्वारेन्टाइन लुम्बिनिमा रहेका छन् । त्यसैगरी, झापामा ८ जना पुरुषहरू १७ वर्षीय १ जना, १८ वर्षीय २ जना, २० वर्षीय २ जना, २३, ५२ र ५५ वर्षीय रहेका छन् ।
उनीहरूको पीसीआर विधिबाट गरिएको परीक्षण पोजेटिभ आएको हो प्रवक्ता देवकोटाले बताए । उनीहरू सबै लक्ष्मी देवकोटा मावि क्वारेन्टाइनमा कचनकवल झापामा रहेका उनले बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४५३ पुगेको उनले बताए ।
बिहीबार टेकु अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् २३ र २५ महिला, ३७ र २७ पुरुष गरी ४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । उनीहरू ९ दिनसम्म अस्पतालमा बसेर निको भएर डिस्चार्ज भएका हुन् ।