×

काठमाडौं, जेठ ७ - नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार प्रदेश १ को प्रयोगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु झापाका पाँच, धनकुटा र धरानका एक–एक जना रहेका छन्।

प्रदेश १ मामात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ पुगेको छ। संक्रमितमध्ये प्रदेश एकका २६ जना निको भएर घर फर्किएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ। तीमध्ये ४५ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

यसअघि बुधबार दिउँसो २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। तीमध्ये पाँच जना धनकुटाका संक्रमित थिए। नेपालभर

Back to top