×

वीरगञ्ज, जेठ ७ – सरकारले लागु गरेको लकडाउनको उलंघन गर्दै वीरगञ्जका १६ नगवाका स्थानिय बाध्य भई स्थानिय प्रशासनको विरुद्ध आन्दोलित भएका छन ।

नगवा स्थित बौद्धिमाई नजिक विच गाउँमा रहेको बाबा होटलको भवनमा आईसोलेशन तथा क्यारेन्टाईन बनाउँन लागेको भन्दै स्थानियले विरोध जनाउँदै सडकमा उत्रेका हुन ।

लकडाउनको उलंघन गरी कोरोना भाइरसको सन्त्रास छाएको स्थानियले विरोधमा उत्रेपछि स्थिती नियन्त्रण गर्न अहिले बाबा होटल अगाडी व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । स्थिती नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय नगवा, वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गरिएको छ ।

पर्सा जिल्लामा संक्रमितको संख्या बढ्न थालेपनि पर्साका प्रमुख जिल्ला अधिकारी सहभागि केन्द्रबाट आएको क्राईसिस म्यानेजमेन्ट कमिटीको अनुगमन टोलीले बुधबार वीरगञ्ज महानगरपालिकाको सम्भावित ठाउँको अनुगमनको गर्ने क्रममा नगवाको बाबा होटलको समेत अनुगमन गरेर थियो ।

होटलको अनुगमन पश्चात अनुगमन टोली फर्के लगतै भेला भएका स्थानियले यहाँ आईसोलेशन वा क्वारेन्टाईन बनाउँन नदिने भन्दै विरोधमा उत्रेका हुन । घनावस्ती विच स्थापना गरिने आईसोलेशन वा क्वारेन्टाईन बस्न आउँने संक्रमितबाट नै पुरै गाउँमा संक्रमण फैल्न सक्ने त्रासले स्थानिय प्रशासन सहितको अनुगमन टोलीको विरोध गरेका हुन ।

स्थानिय प्रशासनले यहाँको सर्वदलिय तथा स्थानियसँग कुनै प्रकारको छलफल नै नगरी कोरोना संक्रमणको आंशका लागेका व्यक्तिलाई यहाँ राख्न लागेको भन्दै विरोधमा उत्रिएको वडा अध्यक्ष श्यामबाबु चौरसियाले बताए । विच गाउँमा क्वारेन्टाईन राख्न मिल्दैन् उनले भने, स्थानिय प्रशासनले गाउँ भन्दा बाहिर लगेर आईसोलेशन वा क्वारेन्टाईन नबोस् हामीलाई कुनै प्रकारको आपत्ती छैन तर विच गाउँमा कुनैपनि हालतमा कोरोना संक्रमितलाई राख्न दिंदैनौ ।

स्थानिय स्तरबाट नै कोरोना संक्रमितलाई यहाँ नराख्ने माँग उठि रहेको छ, प्रशासन नमाने हामी प्रतिकारमा समेत उत्रिने उनले चेतावनी दिए । यहाँ बस्ने संक्रमितका कारण अन्यलाई पनि सर्न सक्ने भएकोले यहाँ राख्न दिदैनौ हाम्रो देशमा अहिले कुनै सुविधा छैन, उल्टै संक्रमित भयो भने हामी कहाँ जान्छौ ।

आन्दोलनमा सहभागिता नगवा हाट बजार व्यवस्थापन समितिका अध्यक्ष एवं स्थानिय नेता अशोक पटेलले जनताको घना वस्तीमा आईसोलेशन वार्ड वा क्वारेन्टाईन कुनैपनि हालतमा राख्न नदिने बताए । उनले वीरगञ्जमा नेशनल मेडिकल कलेज जस्ता थुप्रै निजि अस्पताल छन, त्यहाँ सुविधा पनि छ तर यहाँ कुनै साधन नभएपनि जबरजस्ती आईसोलेसन बनाउँन लागेको बताए । प्रहरीले बलजफती गरे प्रतिकारमा उत्रिने चेतावनी समेत दिए ।

नगवाका स्थानियले बाबा होटलको मुल गेटमा ताल्चा र काठको पिल्लर राखेर बाटो छेकेर विरोध जनाएका छन । सयौंका संख्यामा रहेका स्थानियले, स्थानिय प्रशासन बल प्रयोग गरे त्यसको जवाफ दिन प्रतिकारमा उत्रिने चेतावनी समेत दिए ।

पर्सा जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । ४ सय जनालाई जिल्लाको विभिन्न स्थानमा बनाईएको क्वारेन्टाईनमा राखिएको छ । कुल २ हजार ३ सय १८ जनाको पिसीआर परिक्षणको लागि स्वाबः संकलन गरेकोमा हालसम्म १ हजार ९ सय ४२ जनाको मात्र रिपोर्ट आएको छ ।

Back to top