×

वीरगञ्ज, जेठ ७ - जिल्ला प्रशासन कार्यालय बाराले चक्रवातको प्रभाव यहाँ पनि पर्न सक्ने सम्भावना रहेको भन्दै सतर्क र सुरक्षित रहन जिल्लावासीलाई आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बुधवार जिल्लावासीको नाममा विज्ञप्ति जारी गर्दै भारतको उडिसा, पश्चिम बङ्गाल क्षेत्रमा अम्फान नामक चक्रवात चलिरहेको र सोको प्रभावस्वरूप नेपालमा पनि चट्याङ्गसहितको असिनापानी, हावाहुरी चल्न सक्ने भन्दै सचेत गराइएको हो ।

यसबाट जोगिन र अरूलाई पनि जोगाउनका लागि सचेत, सुरक्षित र तथा सतर्क गराउन विज्ञप्तिमा आग्रह गरिएको छ।

Back to top