काठमाडौँ, जेठ ७ - नेपालमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२७ पुगेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २५ जना कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएको हो । मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप संक्रमित २ देखि ४८ वर्षसम्मका रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बुधबारसम्म ३५ हजार ४ सय ९४ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । ७५ हजार ७२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालय २४ घण्टाको अवधिमा २ हजार ४ सय ८८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी ३ हजार ६ सय १० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । २३ हजार २ जना २ जना क्वारेन्टाइनमा रहेका छन् ।