वीरगञ्ज, जेठ ७ - कोरोना भाईरसका कारण जारी लक डाउनले प्रभावित वीरगञ्जका अति बिपन्न परिवारहरुलाई आज युवा नेता एवं समाजिक अभियन्ता ओमप्रकाश सरार्फले राहत बितरण गर्नुभएको छ ।
नेता सर्राफले दुई दर्जन अति बिपन्न परिवार तथा डेरा गरि बस्ने मजदुर परिवारलाई व्यक्तिगत खर्चमा प्रती परिवार आठ किलो चामल ,दाल,लगायतका राहत समाग्री बितरण गर्नुभएको हो ।
सर्राफले बिगत ६५ दिन देखि घर दैलोमा गई मासक साबुत बितरण,जन चेतनामूलक कार्यक्रम अति प्रभावितहरुलार्ई राहत बितरण गर्दै आउनुभएको छ । सर्राफको अभियानमा किसु सरार्फ,संजय पटेल,रन्जित पटेल ,बिबेक श्रीवास्तव लगायतले सहयोग गर्दै आएका छन।
अहिले सम्म सात हजार मास्क,साबुन, र विभिन्न संस्थाको सहयोग र निजि ब्यवस्थापनमा करिब चार सय परिवारलाई राहत बितरण गरि सकेको अभियन्ता किसु सरार्फले जानकारी दिनुभयो ।