×

वीरगञ्ज, जेठ ४ - वीरगञ्जको नरायणि अस्पतालमा जनरल सेवा पुन: सुचारु गर्न माग गर्दै सुरु गरिएको धर्ना कार्यक्रम आज १५ औँ दिन पनि जारि रहेको छ ।

जनता समाजवादी पार्टीका नेता एवम् तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका वीरगञ्ज महानगर कमिटि अध्यक्ष ओमप्रकाश सर्राफको अगुवाईमा सुरु भएको शान्तिपूर्ण धर्ना कार्यक्रममा आज १५ औँ दिन पनि विभिन्न व्यक्तिहरुले नारायणी अस्पतालको जनरल सेवा पुन: सुरु गर्न माग गर्दी आफ्नो घर अगाडि एक घण्टा धर्ना दिएका हुन् ।

सरकारले नारायणी अस्पताललाई लेभल -२ को कोरना अस्पताल घोषणा गरेसँगै नारायणीको सम्पूर्ण सवाहरु ठप्प भएका छन् । सेवाहरु ठप्प हुँदा सेवाग्राहीलाई चर्को शुल्क तिरेर निजि अस्पतालमा उपचार गराउनु परेको छ ।

नेता सर्राफलगयात धर्नामा सहभागी व्यक्तिहरुले नारायणीमा भर्ना गरिएका सङ्क्रमितहरुलाई तुरुन्तै अन्यत्र सारेर नारायणीको जनरल सेवा सुरु गर्नु पर्ने माग गर्दै आएका छन् ।

वीरगञ्ज महानगरपालीका कार्यालयले लगभग डेढ महिना अघि बहुवरीस्थित गण्डक हस्पिटलसँग कोरोना अस्पताल बनाउने सम्झौता गरेको थियो । गण्डकसँग सम्झौता भएपनि स्वास्थ्य मन्त्रालयबाट अनुमति नपाउँदा सङ्क्रमितहरुलाई गण्डक सार्न मिलेको थिएन । तर, शनिबारदेखि वीरगञ्ज महानगरपालिका कार्यालयले गण्डकमा सङ्क्रमित सार्ने प्रकृया सुरु गरेक छ ।

नेता सर्राफले अब गण्डकलाई कोरोना अस्पताल बनाए पछि नारायणीको जनरललगयातका सम्पूर्ण सेवाहरु तुरुन्तै सुरु गर्नु पर्ने धारण राखेका छन् ।

पर्सामा जसपाका नेजमोदिन समानि, मोनिका सिंह, मानवाधिकार कर्मि हरेन्द्र बाबा, गौरव सन्तोष पटेल, बारामा दिपेन्द्र केसरि, रौतहटम बिबेक कुमार यादव, सर्लहिमा दिपक महतोलगायतले पनि हरेक दिन आफ्नो घर अगाडि एक घण्टा बसेर धर्ना दिने गरेका छन् ।

Back to top